play_circle_outline On Air

उहिलेका कुरा

play_circle_outline On Air

उहिलेका कुरा

इरान भूकम्पमा मर्नेको संख्या चार सय नाघ्यो

0

कात्तिक २८ । इरान र इराकको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या चार सय नाघेको छ ।

इराकको कुर्द शहर हालब्जानजिकैको क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७ दशमलव ३ म्याग्नेच्यूडको भूकम्प जाँदा सात हजारभन्दा बढी घाइते भएका छन् ।

भूकम्पमा परी सबैभन्दा बढी इरानको पश्चिमी केरमान्शाह प्रान्तका नागरिकको मृत्यु भएको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

भूकम्पबाट अस्पतालहरुमा पनि क्षति पुगेकाले उपचारमा कठिनाई भएको छ । भूकम्पबाट प्रभावित ७० हजार मानिसलाई तत्काल बासस्थानको आवश्यकता रहेको उद्धारकर्मीहरुले जनाएका छन् ।

Share.

Leave A Reply