play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

एसिया कप छनोट फुटबलमा आज नेपाल र फिलिपिन्स भिड्दै

0

कार्तिक२८ । एएफसी एसिया कप छनोट फुटबलमा आज नेपालले घरेलु मैदानमा फिलिपिन्ससँग खेल्दैछ ।खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।अस्ट्रेलियामा बस्दै आएका जगजित श्रेष्ठले झन्डै डेढ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्दा संन्यास नजिक पुगेका अनिल गुरुङ पनि समेटिएका छन् ।अनिलले फिलिपिन्सको खेलसँगै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिने बताइसकेका छन् । आज खेल्न पाए अनिलको अन्तर्राष्ट्रिय खेल संख्या ५० हुनेछ ।गत महिना ताजिकिस्तानविरुद्धको खेलमा रहेका २३ मध्ये २० खेलाडी यथावत रहँदा ३ जनाले पुरागमन गरेका हुन् ।जगजित र अनिलसँगै गोलकिपर विशाल श्रेष्ठ पनि टोलीमा फर्केका हुन् । अर्का गोलकिपर एलन न्यौपाने बाहिरिंदा रक्षकद्वय आदित्य चौधरी र देवेन्द्र तामाङ चोटका कारण टिममा परेनन् ।समूह चरणका यसअघिका ४ खेलमा नेपालले ३ हार र १ खेलमा बराबरी गरेको थियो । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४÷१ ले पराजित भएको थियो ।

Share.

Leave A Reply