play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

इटाली स्विडेनसँग रोकियो, विश्वकपमा छनोट हुन असफल

0

कार्तिक २८, चार पटकको विश्वविजेता रहेको इटाली २०१८ रुस विश्वकपबाट बाहिरिएको छ । स्विडेनसँग गोलरहित बराबरी खेल्दै इटाली बाहिरिएको हो भने स्विडेन विश्वकपमा प्रवेश गरेको छ ।

स्विडेनमा खेलिएको पहिलो लेगमा इटाली १-० ले पराजित भएको थियो । छनोट हुन आफ्नो घरेलु मैदानमा जित चाहिएको अवस्थामा इटाली बराबरी मै रोकिन पुग्यो । यसका साथै इटाली सन् १९५८ यता पहिलो पटक विश्वकपमा छनोट हुन असफल भएको हो ।

खेलभरी स्विडेन निकै रक्षात्मक रुपमा उपस्थित भएको थियो । खेलको अन्तिमतिर परिवर्तित खेलाडिको राम्रो प्रहार स्विडेनका गोलकिपरले बचाऊ पनि गरेका थिए । स्ट्राइकर सिरो इम्मोबिलले पनि थुप्रै अवसर पाउँदा तिनको सदुपयोग भने गर्न सकेनन् ।

स्विडेन २००६ यता विश्वकपमा छनोट भएको यो पहिलो पटक हो । यसै गरी विश्व फुटबलका उत्कृष्ट गोलकिपर जियानलुइजी बुफ्फोनको अन्तर्राष्ट्रिय करियर पनि समाप्त भएको छ । उनका साथै ड्यानियल डे रोस्सी, अन्द्रे बार्जागाली र जर्जियो केलेनीले पनि सन्न्यास लिने देखिन्छ ।

Share.

Leave A Reply