play_circle_outline On Air

अभिमत

play_circle_outline On Air

अभिमत

काँग्रेससंग डराएर बाम एकता : उत्तम आचार्य

0

२७ कार्तिक । चितवन क्षेत्र नंं.१ प्रदेश सभा (ख)का उम्मेदवार उत्तम आचार्यले काँग्रेससंग डराएर एमाले र माओवादीले बाम एकता गरेको बताएका छन । चुवानी अभियान अन्र्तगत सोमवार रत्ननगर १५ पिठुवामा गरिएको कोणसभामा उनले काँग्रेस प्रति जनलहर बढेका कारण एमाले र माओवादी अत्तालिएको बताए । एमाले र माओवादी बीचको एकता निर्वाचन पछि भङग हुने उनले दावी गरे । संविधान र मौलिक अधिकार रक्षाको लागि नेपाली काँग्रेसले जित्न आवश्यक रहेको उनको भनाई छ । लोकतन्त्र प्रति अनबरत निष्ठा राख्ने पार्टीले देशमा शान्ति र स्थायित्वका लागि प्रमुख भूमिका  खेलेको बताउदै आचार्यले काँग्रेसको रिस गर्ने राजतन्त्र र राणतन्त्र सकिएको भन्दै अब सकिने पालो एमाले र मओवादीको रहेको बताए । प्रनिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्र प्रसाद बुर्लाकोटीले जनचाहना अनुसार विकास निर्माणका काम गर्ने बताए । शिक्षा,स्वास्थ्य,खानेपानी,सिंचाई र सडक निर्माणको काम जनचाहना अनुसार नै गर्ने छु उनले भने त्यसका लागि तपाईहरुको अमुल्य मत मलाई चाहिएको छ । कार्यक्रममा काँग्रेसका क्षेत्रीय अध्यक्ष कुमार कार्कीले एमाले र माओवादीको निरङकुशता अन्त्यको लागि नेपाली काँग्रेसको जित अनिवार्य रहेको उनले बताए । कार्यक्रममा उम्मेदवार सहित काँग्रेस जिल्ला प्रबक्ता निता ढकाल,सहसचिव सुर्य अर्याल,नगर सभापति रुपनराज घिमिरे लगायत सायौं कार्यकर्ताहरुले वडा नं.१५ मा भोट मागेका छन ।

Share.

Leave A Reply