play_circle_outline On Air

अभिमत

play_circle_outline On Air

अभिमत

स्वतन्त्र उम्मेदवार गोलेले भने पार्टीले मलाई उपेक्षा ग¥यो

0

कार्तिक २७। माओवादी केन्द्रका केन्द्रीय सदस्य सिंह बहादुर गोले पार्टीले टिकट वितरणमा मनोमानी गरेका कारण आफुले चितवन क्षेत्र नंं.१ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वातन्त्र उम्मेदवारी दिएको बताएका छन । सोमवार पूर्वी चितवनको खैरहनीमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीमा योगदान गरेका व्यक्तिलाई पाखा लगाउने माओवादी नेतृत्वको कार्यशैली आफुलाई चित्त नबुझेको स्पष्ट पारे । जित हार जे भएपनि चुवानी नारा लिएर भोट माग्न जनताको घरघरमा पुगेको उनले बताए । एमालेका उम्मेदवार सुरेन्द्र पाण्डे र काँगेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीको विरुद्धमा मेरो उम्मेदवारी हो उनले बताए । पार्टीले निर्वाचनका मुखमै आएर आफुलाई धोका दिएका कारण विद्रह गरेर स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उनले बताए । राप्ती नगरपालिका वडा नं.५ भण्डारा निवासी गोले अहिले चुनावी अभियानमा छन । भोट माग्न चुनावी अभियानमा रहेका गोलेले चितवन क्षेत्र नं.१ बाट आफुले पाँच हजार देखि सात हजार सम्म मत ल्याउने दाबी गरेका छन ।

Share.

Leave A Reply