play_circle_outline On Air

अभिमत

play_circle_outline On Air

अभिमत

विपक्षिले ‘फेसबुक’ मार्फत अनावश्यक भ्रम फैलाएको मन्त्री बिक्रम पाण्डेको आरोप

0

२७ कार्तिक । चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विक्रम पाण्डेले विपक्षिले ‘फेसबुक’ मार्फत अनावश्यक भ्रम फैलाएको आरोप लगाएका छन् । भरतपुर–२२ पटिहानीमा लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी प्रसार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले सामाजिक सञ्जालमा आँफुले साविक निर्वाचन क्षेत्रमा गरेका विकासका कामलाई समेत आँफैले गरेको भन्दै अनावश्यक प्रचार गरेर जनता झुक्याउन उद्धत भएको बताए । उनले लोकतान्त्रिक गठबन्धनले चितवन ३ विकासका लागि ल्याएका नयाँ योजनालाई समेटेर विपक्षि उम्मेद्वारले मेरो प्रतिवद्धता हो भन्दै फेसबुकमा सार्वजनिक गरेकोले आफुलाई सारै अप्ठ्यारो परेको बताए ।उनले साविक निर्वाचन क्षेत्रमा आँफ्नै पहलमा सम्पन्न भैसकेका कतिपय योजनालाई विपक्षि गठबन्धनले हामीले गर्नेछौँ भन्दै प्रतिवद्धतापत्र तयार गरेको पाएको बताए ।
वन तथा भूसंरक्षण मन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विक्रम पाण्डेले एमाले नेता देवी ज्ञवाली अपरहणमा परेजस्तो अनुभूति भएको बताए ।  उनले विगतमा ज्ञवालीको संगतको सम्झना कार्यकर्तालाई सुनाए । नेता पाण्डेले द्वन्दकालमा तत्कालिन माओवादीलाई चन्दा दिएको घटना मतदान गर्नेबेला नबिर्सन कार्यकर्तालाई अनुरोध गरेका छन् । उनले परिवर्तनका लागि आन्दोलन भन्दै हिँडेका माओवादी आजभोली सत्ताकेन्द्रीत राजनीतिमा रमाउन थालेको आरोप लगाए ।आज मन्त्री पाण्डेले भरतपुर–८ गौरीगञ्ज, भरतपुर–१७ मा चुनावी प्रचार प्रसार कार्यालयको उद्घाटन गरे । उनले विपक्षि गठबन्धनले फैलाएका भ्रम चिर्न सम्पर्क कार्यालयले शशक्त भूमिका खेल्नुपर्नेमा जोड दिए ।

Share.

Leave A Reply