play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

भारतीय टिमका प्रशिक्षकले दिए नेपाली टिमलाई बधाई, भन्छन् – नेपालले सबैभन्दा राम्रो खेल्यो

0

कात्तिक २७ – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा नेपालले भारतलाई १९ रनले हराएपछि धेरैले बधाई दिए । भारतीय टिमका प्रशिक्षक राहुल द्रविडले पनि टिम नेपाललाई बधाई दिए ।  उनले प्रतियोगितामै नेपालले उत्कृष्ट प्रदर्शन गरेको बताए । इएसपिएन क्रिकइन्फोसँगको कुराकानीमा नेपाली टिमका प्रशिक्षक बिनोद दासले खेलपछि प्रशंसा गर्दै आफूहरुलाई द्रविडले बधाई दिएको बताएका छन् ।उनले प्रतियोगितामै अरुले भन्दा नेपालले राम्रो खेलेको पनि बताए ।यसअघिका पाँच खेलमा नेपाल भारतसँग पराजित भएको थियो । यसअघि नेपाल र भारतबीच दुई खेल १९ वर्षमुनिको विश्व कप र तीन खेल १९ वर्षमुनिको एसिया कपमा भएको थियो ।
हिजो १ सय ८६ रनको लक्ष्य पच्छ्याएको भारत ४८ ओभर १ बलमा १ सय ६६ रन बनाउँदा अल आउट भएको हो । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट जाँदा १ सय ८५ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले १ सय १ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ८८ रन बनाएका थिए । यस्तै उनले चार विकेट पनि लिएका थिए ।

Share.

Leave A Reply