play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

क्रोएसिया र स्विट्जरल्याण्ड विश्वकपका लागि छनोट,

0

कार्तिक २७ । क्रोएसिया र स्विट्जरल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् ।युरोपेली समूहअन्तर्गत गएराति भएको दोस्रो लेगको प्ले अफ खेल बराबरीमा रोकिए पनि पहिलो लेगमा हात पारेको जितको आधारमा यी दुई राष्ट्रले विश्वकपमा ठाउँ बनाएका हुन् ।आइतबार राती क्रोएसियाले ग्रिससँग गोलरहित बराबरी खेल्यो । पहिलो लेगमा भने क्रोएसिया ४(१ ले विजयी भएको थियो ।यसैगरी स्विटजरल्याण्डले पनि आइतबार राती नर्दन आयरल्याण्डसँग गोलरहित बराबरी खेल्यो । पहिलो लेगमा स्विटजरल्याण्ड १(० ले विजयी भएको थियो ।युरोपेली समूहको विश्वकप छनौट प्ले अफ्मा आज९सोमबार० राती ईटालीले स्विडेनसँग खेल्नेछ ।पहिलो लेगमा १(० ले हारेको ईटालीले विश्वकपमा छनोट हुन यो खेल कम्तिमा पनि २ गोलको अन्तरले जित्नुपर्ने हुन्छ ।

युरोपबाट छानिने अन्तिम टोलीको टुंगो भने मंगलबार राती हुने डेनमार्क र रिपब्लिक अफ आयरल्याण्डको खेलपछि हुनेछ ।

Share.

Leave A Reply