play_circle_outline On Air

हेल्लो सिनर्जी

play_circle_outline On Air

हेल्लो सिनर्जी

देवज्योती विद्यालय चितवनका विद्यार्थी बोकेर शैक्षिक भ्रमणमा हिँडेको स्कुल बस दुर्घटना, ४० घाइते

0

कार्तिक २४, २०७४-नवलपरासीको सुक्रौलीमा स्कुल बस दुर्घटना हुँदा ४० जना विद्यार्थी घाईते भएका छन् ।  भरतपुर महानगरपालिका–१६ स्थित देवज्योती आधारभुत विद्यालयका विद्यार्थी बोकेर शैक्षिक भ्रमणमा हिँडेको बस आज बिहान १० बजे दुर्घटनामा परेको हो ।

भुमही भैरहवा सडकखण्ड अन्तर्गत रामग्राम–१५ सुक्रौलीमा बसको पट्टा भाँचिएर अनियन्त्रित हुँदा सडक छेउमा रहेको खाडलमा खसेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै स्थानीयले पानी जमेको खाडलबाट विद्यार्थी र शिक्षकलाई उद्धार गरेका थिए ।

घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेकाले उपचारका लागि भरतपुर ल्याईएको  छ । सामान्य घाइतेको जिल्ला अस्पताल परासीमा उपचार गरिएको छ  । शैक्षिक भ्रमणका लागि विद्यार्थी लुम्बिनी जाँदै थिए ।

 

Share.

Leave A Reply