कार्तिक २४,
प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता लौह पुरुष गणेशमान सिंहको आज १ सय २ औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइदैछ । राणा शासनको अन्त्य तथा प्रजातन्त्रको वहालीका लागि सिँहको योगदानलाई अतुलनीय मानिन्छ ।
सिंह नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिनुहुन्छ । गणेशमानले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक अर्का नेता कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गर्नुभएको थियो । राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रमाथि गरेको ‘कु’पछि पनि वीपी र गणेशमान सँगै आन्दोलनमा रहनुभएको थियो ।
विपरित धारमा रहेका कम्युनिष्टहरुसँग कार्यगत एकता गर्दै २०४६ सालको आन्दोलन हाकेका गणेशमान सिंहलाई लौह पुरुषले चिनिन्छ । ०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनःस्थापना गर्नका लागि सिंहको योगदानको प्रशंशा अहिले पनि उत्तिकै रहेको छ ।
दुई ध्रुवमा बाँडिएका कांग्रेस र बामपन्थीहरुलाई उहाँले नै एकसाथ जनआन्दोलनमा सहभागी गराउनु भएको थियो । विसं १९७२ कात्तिक २४ गते जन्मनु भएका गणेशमान सिंहको निधन २०५४ असोज २ गते भएको थियो । यसैबिच सर्वोच्च कमाण्डर सिंहको जन्म जयन्ती अवसरमा नेपाली कांगे्रस र गणेशमान सिंह प्रतिष्ठानलगायत विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रमको पनि आयोजना गरेका छन् ।
आज लौह पुरुष गणेशमान सिंहको १ सय २ औं जन्म जयन्ती मनाईँदै
0
Share.