play_circle_outline On Air

उहिलेका कुरा

play_circle_outline On Air

उहिलेका कुरा

नेपाल मलेसियाका लागि दोश्रो ठूलो श्रमिक स्रोत मुलुक

0

कार्तिक २३,
नेपाली कामदारका लागि प्रमुख गन्तव्य रहंदै आएको मलेसियाका लागि नेपाल दोश्रो ठूलो श्रमिक स्रोत मुलुकका रुपमा रहेको छ । मलेसियामा सार्वजनिक गरिएको एक तथ्यांक अनुसार ३ लाख ८५ हजार तीनसय २० जना वैध नेपाली कामदारसहित नेपाल दोश्रो ठूलो श्रमिक स्रोत मुलुकका रुपमा देखिएको हो ।
करिब ५ लाखभन्दा बढी नेपालीहरु कार्यरत रहेको अनुमान गरिएको मलेसियामा अझै कयौं हजार नेपाली कामदार अवैध रुपमा कार्यरत रहेका छन् । मलेसियाका उत्पादन, निर्माण, सेवा र कृर्षि लगायत क्षेत्रमा नेपालीहरु कार्यरत छन् । यीमध्ये धेरैजसो उत्पादन निर्माण र सेवा क्षेत्रमा काम गर्छन् ।
केही अघिल्ला वर्षसम्म मलेसियालाई कामदार दिने संख्याका आधारमा बंगलादेश दोश्रो स्थानमा थियो भने नेपाल तेश्रो स्थानमा थियो । कामदार दिनेमा छिमेकी देश इण्डोनेसिया ७ लाख ७ हजार १ सय ८१ जनासहित पहिलो स्थानमा छ । उक्त तथ्यांकअनुसार यहाँका विभिन्न रोजगारीका क्षेत्रमा वैध रुपमा कुल १७ लाख ३२ हजार ९ सय ४४ जना विदेशी कामदार कार्यरत रहेका छन् ।

Share.

Leave A Reply