आयोगद्वारा आलेमगरसँग स्पष्टीकरण माग

0

कात्तिक २२, निर्वाचन आयोगले नेकपा (एमाले) का तर्फबाट डोटी जिल्लाको प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेमगरलाई २४ घण्टाभित्र स्पष्टीकारण पेश गर्न निर्देशन दिएको छ ।
निर्वाचन आचारसंहिता विपरीत मतदातालाई रकम बाँडेको भन्ने सूचनाका आधारमा आयोगले उम्मेदवारी रद्द किन गर्न नपर्ने हो भनी उम्मेदवार आलेमगरलाई २४ घण्टाभित्र आयोगमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।

Share.

Leave A Reply