कार्तिक २२, पूर्वी चितवनको कयर खोलामा ठेकदारको मनपरि चलेको छ । जिल्ला समन्वय समितिले ठेक्कामा दिएको खोलामा ठेकेदार पक्षले मनपरि गरेका छन् । ठेकेदारले स्वीकृत नै नभएको स्थानबाट धमाधम ग्रावेल निकासा गरिरहेका छन् । त्यस्तै उनीहरुले अनुमति बिनानै खोलामा ( मेसिन) जेसिबी लगाएर ग्रावेल निकाल्दै आएका छन् ।
जिल्ला समन्वय समितीले उत्तराखण्ड सडक खण्ड अर्थात् पिठुवा चैनपुरको पुलको उत्तर तर्फबाट नदिजन्य पदार्थ निकाल्न स्वीकृत दिएको छ । तर ठेक्का पाएको कंचन निर्माण सेवाले मनपरि रुपमा उक्त सडकखण्डदेखि उत्तरतर्फ करिब—करिब पुर्वपश्चिम लोकमार्ग नजिकसम्मैबाट धमाधम ग्राबेल निकालिरहेका छन् । ठेकदारको यस्तो मनपरि गर्दा समेत प्रशासन मौन बसेको छ । प्रहरी प्रशासनले सबैकुरा देखेपनी नदेखे झै गरि बसेको छ । यता अनुगमन गर्नुपर्ने जिल्ला समन्वय समिती समेत यस बिषयमा रमिते बनेको छ ।
पूर्वी्चितवनको कयर खोलाबाट ढुङगा, गिट्टी निकासिमा ठेकेदारको मनपरी, प्रशासन मौन
0
Share.