रत्ननगरमा लोकतान्त्रिक गठबन्धनको घरदैलो सुरु

0

अनिता अर्याल
२२ कार्तिक, प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले बुधवार देखि रत्ननगरमा घरदैलो सुुरु गरेका छन । चितवन क्षेत्र नं.१ क प्रतिनिधि सभ निर्वाचनका उम्मेदवार राजेन्द्र प्रसाद बुर्लाकोटी र प्रदेश ख का उम्मेदवार उत्तम आचार्यले रत्ननगरमा घरदैलो सुरु गरेका हुन । बुधवार उम्मेदवारहरुले रत्ननगर वडा नं.१,२ र ४ मा घरदैलो गरी जनतासंग भोट मागेका छन । निर्वाचन नजिकिएसगै उम्मेदवार लाई भ्याइनभ्याई भएको छ । चितवनको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत बडा न १ ,२ मा घरदैलो सकेर वुधवार बडा न ४ मा घरदैलो शुरु गरेको प्रदेशसभा ख तर्फबाट उमेदबार उत्तम आचार्यले जानकारी दिए । उनले धान काटदै गरेका,मकै गोडदै गरेका किसान दाजुभाई दिदीबहिनी आमा बुवासंग प्रत्यक्ष भेटगरी मत सगंै आर्शिवाद मागेको आचार्यले बताए । काँग्रेसको एजेन्डा र मतदाताले देखाएको मायाँ सदभाबका कारण चुनाब जित्नेमा कुनै शका नरहेको उनको दावी छ । बाम गठबन्धन भएतापनि काँग्रेसका उम्मेदवारलाई सबै मतदाताले रुचाएका कारण आफुले चुनाब सजिलै जित्ने क्षेत्र न १ प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्रप्रसाद वुर्लाकोटीले बताए । घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति रुपन राज घिमिरे,क्षेत्रीय सभापति कुमार कार्की,जिल्ला सह सचिव सुर्य अर्याल लगायत नेपाली काँग्रेसका कार्यकर्ताको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply