play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाही गर्ने प्रमुख निर्वाचन आयुक्तको चेतावनी

0

कात्तिक २२ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।प्रमुख आयुक्त डा. यादवले आयोगबाट खटिएका अधिकारीले निर्वाचन आचारसंहिताको सूक्ष्म अनुगमन गरिरहेको भन्दै निर्वाचनलाई सफल बनाउन आचारसंहिता पालना गर्नेपर्ने जिकिर गरे ।आज बालअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न ८ संस्थाले बालबालिकालाई निर्वाचनमा प्रयोग नगराउन दिएको ज्ञापनपत्र बुझ्दै डा. यादवले कुनैपनि दलले निर्वाचन प्रचार–प्रसारलगायतका क्रियाकलापमा बालबालिका प्रयोग गर्नु आचारसंहिताविपरीत हुने बताए ।
प्रमुख आयुक्त डा. यादवले चुनावी गतिविधिमा बालबालिकाको दुरुप्रयोग रोक्न गाउँगाउँमा अभियान चलाउन संघ–संस्थाहरुलाई आग्रह गरे ।बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघ–संस्थाले विद्यालयमा मतदान केन्द्र र मतगणनास्थल नराख्न आग्रह पनि गरे ।तर, प्रमुख आयुक्त डा. यादवले निर्वाचन राष्ट्र र प्रजातन्त्रका लागि भएकाले केही दिन पठन–पाठन प्रभावित हुँदैमा समस्या नहुने भन्दै विद्यालय भवनको विकल्प खोज्न सजिलो नभएको उल्लेख गरे ।

Share.

Leave A Reply