play_circle_outline On Air

उहिलेका कुरा

play_circle_outline On Air

उहिलेका कुरा

समर लबका चर्चित पात्र साया र अतीतको मिलन नर्वेमा

0

कात्तिक २२, चर्चित उपन्यास ‘समर लभ’ माथि चलचित्र निर्माण भइरहेको छ । ‘समर लभ’नै नाम राखिएको यो चलचित्रको अहिले ८५ प्रतिसत छायाँकन सकिएको छ । बाँकी १५ प्रतिसत छायाँकन नर्वेमा हुने निर्माण युनिटले जानकारी दियो ।निर्देशक मुस्कान ढकालले चलचित्र पुरा गर्न निर्माण युनिट नर्वे जाने तयारीमा रहेको जानकारी दिए । नर्वेमा चलचित्रका पात्र साया र अतिताको भेट हुने दृश्य खिच्नु पर्ने रहेको उनले सुनाए । चलचित्रमा आशिष पिया (अतीत) रेवती क्षेत्री (साया)को भुमिकामा देखिदै छन् ।
नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको ‘समर लभ’मा किरणको भूमिकामा शिशिर भण्डारी, प्रतिक्षाको भूमिकामा अभिषा खनाल, अनुको भूमिकामा इन्दू भण्डारी र विद्याको भूमिकामा पुर्णिमा थापाको अभिनय रहनेछ । पुष्पन प्रधानको संगीत रहने चलचित्रको सम्बाद लेखक सुबिन र सामीप्यले संयुक्त गरेका छन् । चलचित्रका कार्यकारी निर्माता विनोद अधिकारी हुन्, भने सपन सरकार, ईन्दु भण्डारी र मनु बिकको पनि लगानी चलचित्रमा रहनेछ ।

Share.

Leave A Reply