play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

सरकारले चितवन राष्ट्रिय निकुञ्जको बाटो भएर यात्रा गर्दा लिने शुल्क हटायो

0

कार्तिक २१- सरकारले चितवन राष्ट्रियको बाटो भएर यात्रा गर्दा लिने शुल्क हटाएको छ । मन्त्रीपरिषदको हिजो बसेको बैठकले शुल्क खारेज गर्ने निर्णय गरेको हो । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेको प्रस्तावमा मन्त्रीपरिषदले माडीका स्थानीयले निकुञ्ज प्रवेशमा तिर्दै आएको शुल्क हटाएको हो ।मन्त्री पाण्डेले माडीबासीले चितवन राष्ट्रिय निकुञ्ज हुदै ओहरदोहर गर्ने क्रममा अनावश्यक रुपमा शुल्क दिनुपर्ने समस्या हटाउन मन्त्रालयले गरेको प्रस्ताव पारित भएको जानकारी आज भरतपुरमा पत्रकार सम्मेलनमा दिए । पाण्डेले क्याविनेटमा पारित गरेर राजपत्रमा प्रकाशित गर्नका लागी पठाइएको वताए । निकुञ्जपारीको वस्तीका रुपमा परिचित जिल्लाको माडी नगरपालिकाका वासिन्दा सदरमुकाम भरतपुरबाट प्रत्येक पटक घर जाँदा र आउँदा निकुञ्जलाई शुल्क तिर्नुपर्ने सास्ती झेल्दै आएका थिए । निकुञ्ज र जंगली जनावरका कारण सास्ती भोग्दै आएका तिनै माडीवासी निकुञ्ज आवतजावत गर्दा पैसा तिर्न बाध्य थिए ।
निकुञ्जको बाटो प्रवेश गर्ने र बाहिरिने दुई पांग्रे सवारीले एक पटकमा मूल्य अभिबृद्धि कर सहित साना सवारीको ११ रुपैयाँ ३० पैसा तिर्नुपर्ने भएपनि राजश्व संकलन गर्ने कर्मचारीले १५ रुपैयाँ लिने गरेका थिए । ठूला सवारीमा मूल्य अभिबृद्धि करसहित ५६ रुपैयाँ ५० पैसा हुने भएपनि ६० रुपैयाँ लिर्ईदै लिइएको थियो । माडी क्षेत्रमा सोही बाटो प्रयोग भएर दैनिक ३५ भन्दा बढी ठूला सवारी र एक सयभन्दा बढी मोटरसाईकल आवतजावत गर्ने माडीका स्थानीयले बताए ।

Share.

Leave A Reply