play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

चितवनमा अन्तर्राष्ट्रिय भैंसी विज्ञ सम्मेलन हुँदै

0

कार्तिक १९, ‘खाद्य एवम् आर्थिक वृद्धिको लागि भैंसीको उत्पादन वृद्धि’ भन्ने मूल नाराका साथ चितवनको रामपुरमा हुन लागेको अन्तर्राष्ट्रिय भैंसी विज्ञहरुको सम्मेलनको तयारी तीव्र पारिएको छ ।

नेपालमा पहिलोपटक हुन लागेको सम्मेलनमा भैंसीको क्षेत्रमा लामो समयदेखि अध्ययन र अनुसन्धान गरिरहेका बैज्ञानिकहरू सहभागी हुने आज  भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा हुन लागेको ३ दिने सम्मेलन कात्तिक २९ देखि मंसिर २ गतेसम्म चल्नेछ । सम्मेलनमा नेपालसहित विश्वका ११ देशका विज्ञहरु सहभागी हुनेछन् । भारत, चीन, पाकिस्तान, वंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, अमेरीका र क्यानडा लगायतका भैंसी सम्वन्धी अनुसन्धानकर्ताहरूको सहभागीता रहने कार्यक्रमका सदस्यसचिव डा.भूमिनन्द देवकोटाले जानकारी दिए ।

सम्मेलनमा ५५ जना बिदेशी पाहुनाहरूसहित २ सय जनाको सहभागीता रहनेछ । सम्मेलनमा विभिन्न विश्वविद्यालयका १७ जना डीनहरूको पनि सहभागिता हुनेछ ।

Share.

Leave A Reply