play_circle_outline On Air

उहिलेका कुरा

play_circle_outline On Air

उहिलेका कुरा

५२ वर्षे शाहरुख खानका १७ चर्चित कुरा

0

बलिउडका चर्चित अभिनेता शाहरुख खानको परिचय आज आवश्यक पर्दैन। हर उमेर समूहका मानिस उनका फ्यान छन्। २ नोभेम्बर १९६५ मा जन्मिएका शाहरुख खान आज ५२ वर्षका भएका छन्।

यो अवसरमा शाहरुख खानसँग जोडिएका १७ विषय यहाँ प्रस्तुत गरिएको छ।

१. शाहरुख खानको जन्म २ नोभेम्बर १९६५ मा ताज मोहम्मद खान र लतीफा फातिमाको घरमा भएको थियो। तर सुरुका पाँच वर्षसम्म उनकी  हजुर आमाले पहिला मैंगलोर र पछि बैंगोलरमा हुर्काइन्।
२. शाहरुख आफ्ना अजुर बुवा, हजुरआमासँग बस्थे। उनका हजुरबुवा मैंगलोर पोर्टका मुख्य अभियन्ता थिए। हार्बल हाउस जहाँ उनी बसेका थिए, त्यँहा आज पनि पर्यटक जाने गर्छन्।

३. शाहरुखकी आम हैदरावादकी हुन्।  बुवा पेशावर र अजुरआमा कश्मिरकी हुन्।

४. दिल्लीमा अध्ययन गरेको शाहरुख सेन्छ बोलम्बस स्कुलमा अध्ययनका क्रममा खेलप्रति निकै रुची राख्थे। पछि उनले हंसराज कलेजबाट अर्थशास्त्रमा बीए पास गरे र जामिया, मिलिया इस्लामियामा मास कन्युनिकेशनको पढाइका लागि भर्ना भए। तर, उनले त्यँहा अध्ययन पूरा गर्न सकेनन्।

५. फुटबल खेल्दा घाइते भएका शाहरुखलाई थिएटर निर्देशक बैरी जनले एक पटक शाहरुखलाई आफ्नो नाटककालागि अडिशन दिन भने। यसमा उनलाई एउटा सम्वादसँग प्रमुख डान्सरको भूमिका मिल्यो।

६. शाहरुख जतिबेला १५ वर्षका थिए, त्यतिबेला क्यान्सरका कारण उनका बुवाको निधन भयो। उनका बुवा वकिल र स्वतन्त्र सेनानी थिए। उनी १५ वर्षको हुँदा स्वतन्त्रता आन्दोलनका क्रममा जेल परेका थिए। पछि मौलाना अबुल कलाम आजादका विरुद्ध चुनाव पनि लडे तर, हारे। उनले धेरै व्यवशायमा हात हालेका थिए। तर, सफल हुन नसकेनन्।

७. शाहरुखको नेशनल स्कुल अफ ड्रामासँग नजिकको सम्बन्ध रहेको छ। उनका बुवा १९७४ सम्म एनएसडीमा क्यान्टिन चलाउँथे। शाहरुख आफ्ना बुवासँग त्यहा जान्थे। त्यहाँ उनले रोहिणी हटंगडी, सुरेखा सिकरी, रघुबीर यादव, राज गब्बर जस्ता कलाकारले अभिनय गरेको देख्थे। जो इब्राहिम अलकाजीसँग बस्थे र ‘सूरजका सातवाँ घोडा’ जस्ता नाटकको रिहर्सल हेर्थे। यसरी अभियन र सिनेमामा उनको रुची बढ्यो।

८. शाहरुखको पहिलो कमाइ ५० रुपैयाँ थियो, जुन उनलाई पंकज उधासको कन्सर्टमा प्राप्त भएको थियो। सो पैसाले उनी रेल चढेर आगरा गए।

९. दिल्लीमा लेख टंडन थिए, जसले १९८८ मा उनलाई दिल दरिया सिरियलमा काम गरे। उनको सर्त थियो की शाहरुखले आफ्नो कपाल काट्नुपर्छ।
१०. शाहरुखको पहिलो टिभी सिरियल कर्नल कपुरद्वारा निर्देशित फौजी थियो।

११. शाहरुखको इच्छा सैनिक स्कुल कोलकतमा पढ्ने थियो, तर उनकी आमाले त्यहाँ जान दिइनन्।

१२. शाहरुख र उनका चार स्कुले साथीबीच गहिरो दोस्ती थियो। जसलाई शाहरुख सीग्याङ भन्थे।

१३. एक सैनिककी छोरी गौरी छिब्बासँग स्कुलमा शाहरुखले भेटेका थिए। एक डान्स पार्टीका क्रममा दुवैबीच कुराकानी पनि भयो।  एक पटक गौरी छुट्टी मनाउन मुम्बई गएकी थिइन्। पछि शाहरुख पनि मुम्बइ पुगे। उनीहरुबीच २५ अक्टुबर १९९१ मा उनीहरुबीच विवाह भयो।

१४. शाहरुखलाई गौरी भेटेको तारिखसम्म याद रहेछ। ०९.०९.१९८४ मा उनले पहिलो पटक गौरीलाई भेटेका थिए। यही मितिमा शाहरुखले ड्राइभिङ लाइसेन्स पनि लिएका थिए।

१५. शाहरुख यस्ता पहिलो बलिउड अभिनेता हुन् जसलाई मलेशियाको (नाइटहुड सम्मान) प्रतिष्ठित पुरस्कार पाएका छन्। २०१४ मा उनलाई फ्रान्सको सर्वोच्च नागरिक पुरस्कार लिजन अफ अनर पनि दिइएको छ। २००५ मा उनलाई पद्यमा श्री पुरस्कारले सम्मानित गरियो। युनिभर्सिटी अफ एडिनवर्गबाट डाक्टरको उपाधि पनि पाएका छन्।

१६. २००४ मा शाहरुख टाइम म्यागजिनको कभरमा पनि आए।

१७.फोब्र्स म्यागजिनले शाहरुख खानलाई विश्वको दश सर्वाधिक कमाइ गर्ने अभिनेताका रुपमा आठ नम्बरमा राखेको थियो।

बि बि सी बाट

Share.

Leave A Reply