कार्तिक १६,
उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौटमा नेपालले आज बहराइनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका पौने पाँच बजे हुनेछ ।
बहराइनसँगको खेल प्रतियोगितामा अघि बढ्न नेपालका लागि महत्वपूर्ण छ । पहिलो खेलमा हारेका लागि समूह विजेता वा उत्कृष्ट ६ समूह उपविजेतामा पर्नका लागि यो खेल महत्वपूर्ण छ ।
नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले टिमले पहिलो खेलमा आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न नसकेको भन्दै बहराइनसँगको खेलमा प्रदर्शन सुधार हुने बताएका छन् । यसअघि मंगलबार भएको खेलमा नेपाल किर्गिस्तानसँग २–० ले हारेको थियो ।
१० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् । नेपाल रहेको समूहमा बहराइन, किर्गिस्तान, युएई र ओमान रहेका छन् ।
यु–१९ एसिया कप छनौटः नेपालले आज बहराइनसँग खेल्दै
0
Share.