play_circle_outline On Air

सम्बाद

play_circle_outline On Air

सम्बाद

भारतमा जीवित जन्मिए दुर्इ टाउको एक शरीर भएका बच्चा, तर २४ घन्टापछि मृत्यु

0

१५ कात्तिक । भारतमा दुई टाउको र एक शरीर भएका बच्चा आश्चर्यजनकरुपमा जीवित जन्मिए । तर, २४ घन्टापछि उनीहरुको मृत्यु भएको छ ।जन्मनासाथ उनीहरुलाई भेन्टिलेटरमा राखिएका थियो । तर, डाक्टरहरुले बच्चाका बाबुआमालाई पहिल्यै उनीहरुको बाँच्ने सम्भावना क्षीण रहेको बताएका थिए ।लाखौंमा एक मानिने दुर्लभ जुम्ल्याहाको तौल ३.७ किलो थियो । उनीहरुको हातगोडा र कलेजो एउटै थियो भने मुटु र फोक्सो अलगअलग थिए ।
बच्चाका बाबुआमाले आफ्नो सन्तालाई बचाउन डाक्टरहरुसँग याचना गरेको तर, डाक्टरहरुले यस्ता बच्चा बाँच्ने सम्भावना नरहने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।उनीहरु बाँचेका भए पनि सर्जरीबाट अलग गर्ने सम्भावना नरहेको डाक्टरहरुको भनाइ छ । दुईवटा टाउको र एउटा शरीर भएका बच्चा अत्यन्तै दुर्लभ मानिन्छन् । यस्ता बच्चाहरु १० लाखमा १ जना मात्र हुन सक्ने बताइन्छ ।पश्चिमी भारतको महाराष्ट्रमा रहेको एक सरकारी अस्पतालमा गत २९ अक्टोबरमा बच्चा जन्मेका थिए ।

Share.

Leave A Reply