play_circle_outline On Air

गृह बाटिका

play_circle_outline On Air

गृह बाटिका

फोरम र राजपा प्रदेश २ को सिट बाँडफाँटमा सहमत

0

कार्तिक १४,
प्रदेश २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच सिट बाँडफाँटमा सहमति जुटेको छ ।
आगामी मंसिर २१ गते हुने दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि फोरम नेपाल र राजपाका शीर्ष नेताहरुको आज बसेको बैठकले पर्सादेखि सप्तरीसम्म तराईका ८ जिल्लामा सिट बाँडेका हुन् । सहमतिअनुसार प्रदेश २का ३२ निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभातर्फ फोरमलाई १७ सिट र राजपालाई १५ सिट भागमा परेको छ ।
दोस्रो चरणको निर्वाचनका लागि पर्सि १६ गते उम्मेदवारहरुको मनोनयन दर्ता हुँदै छ ।

Share.

Leave A Reply