play_circle_outline On Air

अभिमत

play_circle_outline On Air

अभिमत

विराट–अनुष्कालाई लिएर फिल्म बनाउने मुडमा करण जोहर

0

कार्तिक १३ – करण जोहर कलाकारलाई बलिउड भित्र्याउने निर्माताका रुपमा चिन्ने गरिन्छ । आलिया भट्ट र सिद्धार्थ मल्होत्रालाई पनि उनले नै फिल्म क्षेत्रमा ल्याएका थिए । अब करण जोहरले भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीलाई लिएर फिल्म बनाउने सोच बनाएका छन् ।क्रिकेटर विराट केही समय अघि एउटा कमर्सियल विज्ञापनमा आफ्नी प्रेमिका अनुष्का शर्मासँगै देखिएका थिए । उक्त विज्ञापन देखेर करण जोहर यति प्रभावित भए कि, उनले विराटको तारिफ मात्र गरेनन्, विराट धेरै राम्रो कलाकार भएको पनि ट्वीटरमा लेखे ।
भारतीय मिडियामा आएको समाचारका अनुसार करण जोहर आफ्नो फिल्मलाई विराट कोहलीलाई लिन चाहन्छन् । यदि विराट हिरोका रुपमा देखिए भने फिल्ममा अनुष्कालाई हिरोइनका रुपमा देखिनेछ । करणको चाहना पूरा हुन्छ कि हुँदैन, त्यो भने हेर्न बाँकी छ ।क्रिकेटर र फिल्मकर्मी विराट–अनुष्काको जोडीले आउँदो डिसेम्बरमा इङ्गेजमेन्ट गर्दैछन् । यो जोडी पछिल्ला केही वर्षदेखि सम्बन्धमा छ । प्रायः विराट क्रिकेट खेल्दा अनुष्का साथमै देखिन्छिन् भने विराट पनि अनुष्कासँग गफ गरिरहेको भेटिन्छन् ।

Share.

Leave A Reply