play_circle_outline On Air

अभिमत

play_circle_outline On Air

अभिमत

एचआइभी संक्रमणको जोखिममा रहेकालाई निःशुल्क औषधि

0

११ कात्तिक, एचआइभी संक्रमितलाई दिइदै आएको एआरटी औषधि अब संक्रमणको जोखिममा रहेकाले पनि पाउने भएका छन् ।रगत परीक्षण गरी सिडीफोर भन्ने तत्वको मात्रा कम भएमा मात्रै औषधि दिने व्यवस्थालाई परिवर्तन गरी सबै संक्रमित र संक्रमणको जोखिममा रहेकालाई समेत निःशुल्क औषधि दिने व्यवस्था गरिएको हो ।संक्रमितले देशका विभिन्न ६८ स्थानमा रहेका एआरटी सेन्टरबाट निःशुल्क औषधि सेवन गर्न पाउने भरतपुर अस्पतालमा रहेको एड्स हेल्थकेयर फाउण्डेशन (एएफएच) नेपालका वरिष्ठ क्षेत्रीय परियोजना संयोजक कृष्णहरि सापकोटाले बताउनुभयो । उहाँका अनुसार संक्रमण भएको प्रमाणित भएलगत्तै र संक्रमणको जोखिममा परेकालाई औषधि दिइने छ । यसअघि रगतमा सिडिफोरको मात्रा कम भएमा मात्रै औषधि दिने व्यवस्था थियो ।
भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टरका प्रमुख डा उन्नत श्रेष्ठका अनुसार एचआइभीको जोखिम रहेकालाई पनि औषधि दिने व्यवस्था सरकारले गरेको छ । श्रेष्ठले भन्नुभयो “कोही व्यक्ति संक्रमित छैन तर उसले यौन सम्पर्क गर्ने साथी एचआइभी संक्रमित छ भने त्यस्तो व्यक्तिलाई औषधि दिन सकिन्छ ।” त्यस्तो व्यक्तिले औषधि खाएमा संक्रमण हुने नसक्ने नभई खतरा कम हुने श्रेष्ठले बताउनुभयो ।संक्रमित नभएका तर समलिंगी यौन व्यवहार गर्ने, यौनकर्मी, बलात्कारमा परेकालाई यो औषधि दिन सकिने श्रेष्ठले बताउनुभयो । त्यस्तै संक्रमितको सम्पर्कमा आएर आफूलाई पनि संक्रमण भयो कि भन्ने आंशका गर्नेलाई पनि औषधि दिने नीति बनेको उहाँले बताउनुभयो ।बलात्कृत भएमा वा अन्य कारणबाट संक्रमित भएको शंका लागेमा ७२ घण्टाभित्र चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्ने उहाँले बताउनुभयो । लगातार २८ दिन औषधि खाएपछि जोखिम कम हुने उहाँको भनाइ छ ।(रासस)

Share.

Leave A Reply