play_circle_outline On Air

अभिमत

play_circle_outline On Air

अभिमत

गायक शिव परियारको “पिउँदिन भन्दा भन्दै” हिन्दी र भोजपुरीमा चोरी

0

कात्तिक १० – गायक शिव परियारको दशौं एकल एल्वम ‘शिवबुक’ मा रहेको ‘पिउँदिन भन्दा भन्दै’ बोलको नेपाली गजल हिन्दी र भोजपुरीमा हुबहु कपी भएको छ ।यो गजल निहारिका लक्ष्मी शाहीले लेखेकी हुन् भने संगीत तारा प्रकाश लिम्बूले गरेका हुन । तर यहि गीतको मेलोडी हिन्दी र भोजपुरीमा हुबहु कपी गरिएको छ । यो सर्जकको नैतिक अधिकारको हनन् हो ।
यो गजल जिनियस म्यूजिकबाट १० अगस्ट  २०१५ मा युट्यूवमा अपलोड गरिएको  हो । यहि मेलोडीमा भोजपुरी भाषामा ‘बिलिमे किली डालके’ बोलको गीत यूवा म्यूजिकले सार्वजनिक गरेको छ । यो कभर सङ नभै एल्वमकै गीतको रुपमा युट्यूवमा सार्वजनिक गरिएको छ । जसमा राज यादवको स्वर, यादव राजको शब्द र मोनु सिन्हाको संगीत भनिएको छ । यसलाई २५ फेबु्रअरी २०१७ मा अपलोड गरिएको छ ।
त्यसैगरी यहि मेलोडीमा ‘प्यारका रोग’ बोलमा खुश्बु उत्तमले हिन्दी भाषामा यो गजल गाएकी छिन् ।  प्रबिन सोनीको संगीत र कुमुद रसिला मुजम्फरपुरको शब्द रचना भनेर राखिएको यो गीत सोनोटेकबाट १४ जुलाई २०१७ मा अपलोड गरिएको छ । यो गीतको मेलोडी र गीत पहिले नेपालमा सिर्जना गरिएको हो । तर यी दुबै गीतमा कहि कतै मूल सर्जकको नैतिक अधिकारको सम्मान गरिएको छैन ।
नयाँ सिर्जनाका रुपमा राखिएको यी दुबै गीतका बारेमा यु ट्यूव मा प्रतिलिपी अधिकार हननका बारेमा उजुरी गरेपनि सुनुवाई नभएको गायक शिव परियारले जानकारी दिएका छन् । कार्यक्रमको सिलसिलामा नेपाल बाहिर रहेका ‘शिबबुक’ एल्वमका निर्माता समेत रहेका गायक शिव परियारले फेसबुक सम्पर्क मार्फत गीत चोरी भएको बिषयमा पटक–पटक यु ट्यूवलाई कन्टेन्ट सहित क्लेम रिपोर्ट गरेको, तर कुनै रेस्पोन्स नगरेको जानकारी दिए ।

Share.

Leave A Reply