play_circle_outline On Air

अभिमत

play_circle_outline On Air

अभिमत

जाडो शुरु हुन लाग्यो, यसरी बच्नुस् रुघाखोकीबाट

0

७ कात्तिक — अहिले मौसम बदलिएर जाडो लाग्न आँटेको छ । अब रुघाखोकी, ज्वरो, आँखा पोल्ने र छाती घर्घर हुने समस्याले सताउँछ । यस्तोमा अलिकति मात्र लापरवाही भएमा पनि संक्रमणको जोखिम हुन्छ । स्वस्थ खानेकुरा र जीवनशैली अपनाउँदा तपाईं यो समस्याबाट छुटकारा पाउनुहुन्छ ।
शरीरका लागि राम्रो निद्रा अत्यन्त आवश्यक हुन्छ । निद्राको कमीले हाम्रो इम्युन सिस्टम प्रभावित हुन्छ । भिटामिन डीले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन महत्त्वपूर्ण योगदान गर्छ । बिहान छिटो उठेर सूर्यको प्रकाशमा बस्ने वा भिटामिन डीयुक्त खानेकुरा खाने गर्दा शरीरमा भिटामिन डीको कमी पूरा गर्न सकिन्छ । तनावले हाम्रो शरीरलाई खराब असर पार्छ । नियमित योग, ध्यान र व्यायाम गरेर तनाव हटाउनुस् । भीडभाड भएको ठाउँमा नाक र मुख ढाक्नुस् । यसो गर्दा बिरामीबाट बच्न सकिन्छ ।

Share.

Leave A Reply