play_circle_outline On Air

गृह बाटिका

play_circle_outline On Air

गृह बाटिका

स्पेनको संसद बैठकको एकदिनअगावै क्याटालान संसद आह्वान

0

कात्तिक ७ । स्पेनको केन्द्रीय संसदले क्याटालोनियाको क्षेत्रीय सरकारलाई दिएका केही अधिकारहरु फिर्ता लिनसक्ने जनाएको छ । सो विषयमा केन्द्र सरकारले प्रस्ताव पनि गरेको बताइएको छ ।उक्त प्रस्तावलाई स्पेनको संसदको शुक्रबार बस्ने बैठकले अनुमोदन गर्नसक्ने अनुमान पनि गरिएको जनाइएको छ ।क्याटालानलाई दिएका के–कति अधिकारहरु फिर्ता लिने भन्नेबारेमा स्पेनको संसदमा छलफल हुनेछ ।स्पेनका प्रधानमन्त्री मारिआनो राखोइले क्याटालनको क्षेत्रीय सरकारलाई बर्खास्त गर्ने तयारी स्पेन सरकारले गरेको जानकारी यसअघि नै दिएका थिए ।साथै, त्यहाँको संसदलाई यसअघि केन्द्रीय सरकारबाट प्राप्त स्वतन्त्रतासम्बन्धी केही अधिकारहरु कटौती गर्ने योजना पनि स्पेन सरकारको रहेको उनले बताएका थिए ।
उता, क्याटालोनियाको क्षेत्रीय संसदले भने आगामी बिहीबार नै क्षेत्रीय संसदको बैठक बोलाएको छ ।स्पेन सरकारले उसलाई अधिकारविहीन बनाउनसक्ने अनुमान गरिएकोले अगावै यो बैठक बोलाएको पाइएको छ ।स्पेनको संसद सिनेटभन्दा एक दिनअगाडि नै अर्थात् विहीबार नै बैठक बस्ने घोषणा उक्त क्षेत्रीय सरकारले गरेको जनाइएको छ ।सो क्याटालान संसदमा स्पेनको केन्द्रीय संसदले आफ्नो नियन्त्रण कायम गर्न चालेको कदमकाविरुद्धमा अथवा सो कदमप्रति के–कस्तो गृहकार्य गर्ने भन्नेबारेमा त्यस बैठकमा छलफल गरिने बताइएको छ ।क्याटालान क्षेत्रीय संसद र स्पेन सरकारकाबीचमा पछिल्लो यस समयमा शक्ति संघर्ष जारी नै रहेका बेला क्याटालान संसदले नै एकतर्फीरुपमा स्वतन्त्रताको घोषणा गर्नसक्ने अनुमानका समाचारहरु पनि आइ नै रहेका छन् ।त्यसैले पनि अहिले क्याटालान स्वतन्त्रताको पक्षमा रहेका पृथकतावादी नेताहरुले भने स्पेनको केन्द्रीय सरकारले दिने कुनैपनि आदेश पालना नगर्ने अथवा शान्तिपूर्ण अवज्ञा गर्ने योजना बनाएको पनि बताएका छन् ।रासस/एएफपी

Share.

Leave A Reply