play_circle_outline On Air

अभिमत

play_circle_outline On Air

अभिमत

आज विश्व पोलियो दिवस,नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै

0

कार्तिक ७, विश्व पोलियो दिवस, नेपालमा पनि आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईदैछ । रोटरी इन्टरनेशनलको पहलमा एक दशक पहिलेदेखि २४ अक्टोबरका दिन यो दिवस विश्वभर मनाउन सुरु गरिएको हो । रोटरी इन्टरनेशनल नेपाल राष्ट्रिय पोलियो प्लस समितिले विभिन्न कार्यक्रमको आयोजना गरेपनि सरकारी तवरबाट भने कुनै औपचारिक कार्यक्रमको आयोजना गरेको छैन् । यद्यपि समितिले गर्ने कार्यक्रममा भने सरकारले विभिन्न सहयोग गर्दै आएको छ । सन् सन २०१४ को मार्चमा नेपाल पोलियो मुक्त राष्ट्र घोषित भइसकेको छ । तर नेपाल पोलियो मुक्त भएपनि पोलियो उन्मुलन भने भइनसकेकाले सचेत रहन आवश्यक रहेको समितिका सचिव डा. बद्रीराज पाण्डेले बताउनुभयो ।
अझै पनि अफगानिस्तान र पाकिस्तानमा पोलियोको समस्या रहेकाले नेपालमा पनि पोलियोको भाइरस कुनै पनि बेला आउन सक्ने सम्भावना रहेकाले सचेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको डा. पाण्डेको भनाई छ । सन् १९८० देखि २०१६ सम्म आईपुग्दा विश्वभर पोलियोको घटनामा ९९ प्रतिशतले कमीले आएको विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओले जनाएको छ । सन् २०१८ सम्ममा नेपाललाई पोलियो उन्मुलन गराउने उद्देश्यका साथ सरकारले यही वर्ष पोलियो विरुद्धको एफ.आई.पि.भी खोप भित्र्याउने तयारी स्वरुप गृहकार्य गरिरहेको छ । यसअघि आई.पि.भी खोप प्रयोगमा रहेपनि अभाव भएपछि सरकारले पोलियो थोपा खुवाउन थालेको थियो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाको तथ्यांक अनुसार मुलुकभर ८७ प्रतिशत बालबालिकाले मात्र सबै प्रकारको खोप प्रयोग गरेको पाइएको छ । ३ प्रतिशत बालबालिका पूर्ण रुपमा वञ्चित छन् भने १० प्रतिशत बालबालिकामा खोपको मात्रा पुरा नभएको शाखाले जनाएको छ ।

Share.

Leave A Reply