कात्तिक ६, मिर्गौला फेल भएका भरतपुर ११ भोजाडका मनबहादुर गुरुङको उपचारको लागि परिवारजनले सहयोगको याचन गरेका छन । उपचार गर्दा गर्दै जाहेजेथ सकिएपछि थप उपचारको लागि सहयोग गरिदिन परिवारले सहयोगको याचना गरेका हुन । ३ बर्ष देखि मिर्गौला फेल भएर उपचार गराईरहेका गुरुङको उपचार गर्न अहिले सम्म दुई वटा घडेरी बेचेको पैसा र करिब १५ लाख रुपैया खर्च भईसेकेको छ । थप उपचारको लागि विकल्प नभएपछि परिवारले घरमै पत्रकारलाई बोलाएर देश र विदेशमा रहेका नेपालीहरुबाट आर्थिक सहयोगको यानचा गरेका हुन । २०७१ साल देखि मिर्गौला फेल भएर उपचार गराईरहेका ५६ बर्षिय गुरुङको हाल चितवन मेडिकल कलेजमा डाईलासिस भईरहेको छ । उनलाई हस्ताको तीन पटक डायलासीस गर्नुपर्ने हुन्छ । डाईलासीस निशुल्क भएपनि अन्य परीक्षण र औषधिको लागि लाग्ने मासिक करिव ४० हजार नभएर आफुहरु समस्यामा परेको गुरुङका छोरा मनोज गुरुङले बताए । भएको सबै सम्पत्ती सकिनै लाग्यो उनले भने अैलानी जग्गामा एउटा घर छ त्यही पनि विक्री गर्नुपर्ने अबस्था आयो ।
उनले बुवाको जीवन रक्षाको सहयोग गरिदिन देश विदेशमा रहेका नेपालीहरुलाई आग्रह समेत गरेका छन । कहि कतैबाट आर्थिक सहयोग जुट्यो भने बुवाको मिर्गौला प्रत्यारोपण गर्ने योजनामा आफुहरु रहेको उनले बताए । निको हुने आसै आसमा मिर्गौैला प्रत्यारोपणमा लाग्ने भन्दा बढी पैसा सकियो उनले भने अब केही विकल्प छैन । गुरुङलाई दिन प्रतिदिन रोगले गाल्दै गएको छ । घरको मुली रोग लागेर कमजोर बनेपछि परिवारहरु अत्तालिएका छन । उनलाई सहयोग गर्न जाहने सहयोगी मनहरुले भरतपुर महानगरपालिका ११ भोजाडमा रहेको उनकै घरमा पुगेर वा नारायणगढमा रहेको नेपाल इन्भेष्टमेण्ट बैंकमा रहेको खाता नं ०१३८६८८४४० मा रकम जम्मा गर्न सक्नु हुनेछ ।
मिर्गौला फेल भएका भरतपुर ११ भोजाडका मनबहादुर गुरुङद्वारा सहयोगको याचन
0
Share.