play_circle_outline On Air

अभिमत

play_circle_outline On Air

अभिमत

विदेशीको सहयोगमा आँखा बचाउ अभियान चितवनमा सुरु

0

कात्तिक ६ । चितवनबासीको आँखा बचाउन पहिलो पटक आई क्याप फोर चितवन अभियान सुरु भएको छ । जर्मनी स्वयसेवी नागरिक काट्रियको पहल तथा सपोर्ट एण्ड केयर पुनस्थापना केन्द्र रत्ननगर–९ को अगुवामा सो अभियान सुरु गरिएको हो । ‘विना दृष्टि अधुरो सुष्टी’ भन्ने मुल नारासहित पाईलट प्रोजेक्टका रुपमा जिल्लाका आठ ग्रामिण क्षेत्रहरु ‘आई क्याप फोर चितवन’ अभियान अन्र्तगत बृहत निशुल्क आखाँ शिविर सुरु गरिएको छ । अभियान अन्र्तगत पहिलो चरणमा जिल्लाका दुई हजार बढी व्यक्तिहरुको आखाँ परीक्षण गरिनेछ । शिविरमा आँखा जाँच गराउन आएकाहरुको समस्या पहिचान गरि उपचार गर्ने र शिविर मार्फत निशुल्क चस्मादेखि औषधि वितरण र आवश्यक परे सबै उपचार खर्च समेत आफुहरुले सहयोग गर्ने अभियानका संयोजक तथा सपोट एण्ड केयर पुनस्थापन केन्द्रका अध्यक्ष राजबन्धु गौतमले बताए ।

कोही पनि दृष्टिीबहिन हुन नपरोस् र सबैले आँखा देख्न पाउन पर्छ भन्ने हाम्रो उद्देश्य हो उनले भने पहिलो चरणको सफलतासगैँ अर्को कार्य फेरि सुरु हुनेछ । अभियानमा जर्मनी नागरिक काट्रियसगैँ विशेषज्ञसहित १० जनाको टोलीले मंगलवारदेखि पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. ११ जिरौना स्थित नगर स्वास्थ्य केन्द्रबाट निशुल्क आखाँ शिविर सुरु गरेका छ । अभियानको नगरपालिकाकी उपमेयर विमला दुवाडीले उद्घाटन गरेकी थिईन । सो अवसरमा उनले जिल्लामा आई क्याप फोर चितवन अभियान आउनु राम्रो कुरा भएको भन्दै यस्ता कार्यलाई नगरपालिका समेत सहयोग गर्ने बताईन् । अभियान रत्ननगरको ३ स्थान, भरतपुरमहानगरको १ स्थान, राप्ती नगरपालिकाको एक स्थान, कालिका दुई र माडी नगरपलिकाको एक स्थान गरि ८ स्थान मा गर्ने शिविरमा नेशनल आखाँ अस्पताल भरतपुरका प्रबन्ध निर्देशक एवं डा. राजेन्द्र बहादुर श्रेष्ठले समेत सहयोग गरेका छन् । अस्पतालले आफ्नो समाजिक उत्तर दायित्व अभियान अन्र्तगत शिविरमा सहकार्य गरेको उनले बताए । यसै बीच पहिलो दिनको शिविरमा २ सय ५६ जना स्थानियहरु लाभान्वित भएका छन् ।

Share.

Leave A Reply