play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

आज उम्मेदवारको बिरोधमा उजुरी दिन सकिने

0

कार्तिक ६ – निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारको बिरोधमा उजुरी दिने समय तोकिएको छ । पहिलो चरणको प्रदेश र प्रतिनिधिसभाप्रत्यक्षतर्फका उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।आयोगका प्रवक्ता नवराज ढकालका अनुसार आज बिहाज १० बजेदेखि साँझ ५ बजेसम्मउम्मेदवारको बिरोधमा उजुरी दिन सकिनेछ । यस्तै भोलि मनोनयन पत्र र उजूरी माथि जाँचबुझ गरी निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।८ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको प्रवक्ता ढकालले बताउनुभयो ।यसअघि हिजो पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको निर्वाचनका लागि ३२ जिल्लामा उम्मेदवारी दर्ता भएको छ ।

Share.

Leave A Reply