जापानमा आमनिर्वाचनको मतदान हुदै

0

जापानमा आइतबार मध्यावधी निर्वाचनका लागि मतदान सुरु भएको समाचार छ । आइतबार बिहानैदेखि मतदान सुरु भएको अधिकारीहरुले जनाएका छन् ।

जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभाका लागि आइतबार बिहानैदेखि मतदान सुरु भएको अधिकारीहरुले जनाएका छन् । जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानको संसदको म्याद बाँकी रहेकै बेला गत महिनामात्र मध्यावधी निर्वाचनको आह्वान गर्नुभएको थियो ।

कार्तिक ५, प्रधानमन्त्री आबेले आफू शक्तिशाली हुने अभियानस्वरुप यो निर्वाचनको आह्वान गर्नुभएको बताइएको थियो । यस निर्वाचनमार्फत आफ्नो दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) र उसको गठबन्धनले दुई तिहाई बहुमत हासिल हुने उहाँले बताउनुभएको छ ।

वर्तमान सत्तारुढ दललाई थप बलियो बनाउने र यसका माध्यमबाट देशमा आर्थिक एजेण्डाहरु अगाडि बढाउनुका साथै उत्तर कोरियाको पछिल्लो समयमा अघि बढेको आणविक होडका विरुद्धमा पनि कडा रुपमा प्रस्तुत हुन सहज हुने भएकोले यस निर्वाचनको आह्वान गरिएको बताइएको छ ।

उहाँले अघि बढाउनुभएको नयाँ आर्थिक मोडेल अबेनोमिक्सलाई अझै दरोगरी अघि बढाउने योजना उहाँको रहेको छ । तर पनि यसको विरुद्धमा विपक्षी गठबन्धन रहेको छ । जसले गर्दा यो निर्वाचनमा सत्तारुढ र विपक्षी दलको गरी दुई प्रमुख एजेण्डाबीच संघर्ष हुनेछ ।

यो निर्वाचनको अघिसम्म यहाँको प्रतिनिधिसभामा प्रधानमन्त्रीको पार्टी, एलडिपीकै बढी बाहुल्यता रहेको थियो । उक्त दल र उसको गठबन्धनले संसदको हाल कायम सिट संख्याको ६८ प्रतिशतभन्दा केही बढी कायम राखेको थियो ।
संसदको तल्लो सभाको ४७५ स्थानमध्ये उहाँको दललेमात्र २९० स्थान हासिल गरेको थियो । त्यस्तै उहाँको सत्ताधारी साझेदार अर्काे एक दलको ३४ गर्दा संसदको ६८ प्रतिशतभन्दा केही बढी स्थानमा रहेका छन् ।

Share.

Leave A Reply