play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

तिहारको अन्तिम दिन आज भाइटीका, ११-५१ बजेको साइत उत्तम

0

कार्तिक ४ – नेपालीहरुको दोस्रो महान चाड तिहारको अन्तिम दिन आज भाइटीका, दाजुभाइ तथा दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर मनाउँदैछन् ।भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका अध्ययक्ष प्रा। डा। रामचन्द्र गौतमले भन्नुभयो, ‘उत्तम साइत खोज्नेहरुका लागि ११ः५१ मा उत्तम साइत छ ।इटीकालगायत महत्वपूर्ण साइत अभिजित मुहूर्तमा दिइने भएकाले मध्याहृनको समय निकालिएको हो, तर पनि दिनभर टीका लगाउन सकिन्छ ।’ भाइटीका शनिबार परेकाले बिहान ८ बजेसम्म भने टीका लगाउन नहुने गौतमले बताउनुभयो । उहाँका अनुसार शनिबार बिहान काल बेला पर्ने भएकाले ८ बजेपछि भने दिनभर टीका लगाउन बाधा हुनेछैन ।टीका लगाइदिएपछि दाजुभाइ दिदीबहिनीहरुले एकअर्कालाई आशिर्वादसहित उपहार दिने प्रचलन छ ।

 

Share.

Leave A Reply