कात्तिक १ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुनाव सार्ने सरकारको मनसाय नरहेको दाबी गर्नुभएको छ । उपप्रधान तथा उर्जामन्त्रीको पदभार ग्रहण गर्दै थापाले चुनावको सुनिश्चितताका लागि राप्रपा सरकारमा गएको बताउनुभयो ।प्रमुख सत्ता साझेदारले विपक्षीसँग गठबन्धन गरेर चुनाव नहुने खतरा बढेपछि खतरा टार्नका लागि सरकारमा सहभागी भएको थापाको भनाइ थियो । थापाले आफू प्रधानमन्त्रीसँग लगातार संवादमा रहेको र त्यसक्रममा पनि प्रधानमन्त्री चुनाव सार्ने पक्षमा नरहेको पाएको बताउनुभयो । चुनाव सार्न लागिएको भन्ने हल्ला निराधार रहेको पनि थापाको दावि थियो ।
चुनाव सार्ने सरकारको मनसाय नरहेको उर्जामन्त्री कमल थापाको दाबी
0
Share.