play_circle_outline On Air

गृह बाटिका

play_circle_outline On Air

गृह बाटिका

मन्त्रिपरिषद् विस्तार आचारसंहिता विपरित भए पनि नयाँ घटना नभएको निर्वाचन आयोगको भनाइ

0

असोज २८ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेकी छन् ।राष्ट्रपति भवन शितल निवासमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित आयोगका पदाधिकारीहरुसँग राष्ट्रपति भण्डारीले छलफल गरेकी हुन् ।त्यस क्रममा निर्वाचन आयोगका पदाधिकारीहरुले मन्त्रिपरिषद् विस्तार आचारसंहिता विपरित भए पनि नयाँ घटना नभएको बताएका थिए ।
राष्ट्रपतिसँगको भेटवार्तापछि प्रमुख निर्वाचन आयुक्त डा. यादवले मन्त्रिहरुको सपथ गराउने या नगराउने भन्ने विषयमा आयोगले कुनै निर्णय गर्न नसक्ने बताए ।उनले यस विषयमा स्वयम् राष्ट्रपतिलाई निर्णय गर्ने अधिकार रहेको बताए ।निर्वाचनलाई प्रतिकूल प्रभाव नपरोस् भन्ने आयोगको चाहना रहेको उनको भनाई थियो ।राष्ट्रपतिसँगको भेटवार्तामा निर्वाचन आयोगका पदाधिकारीहरुले निर्वाचनको तयारीलगायतका विषयमा समेत जानकारी दिएका थिए ।

Share.

Leave A Reply