अशोज २५। नजिकिदै गरेको तिहारलाई लक्षित गरी रत्ननगरका वाढी प्रभावितहरुलाई बुधवार राहत वितरण गरिएको छ । बहुउद्धेश्यीय सामुदायिक विकास सेवा ललितपुरले वडा नं.७ पडेरीयाका ३३,वडा नंं.४ सेरीका २६,वडा नं.५ झुवानीका ८ र वडा नं.५ बछौलीका २ घर परिवारलाई राहत वितरण गरेको हो । उनीहरुलाई प्रतिघर एक बोरा चमल,२ किलो दाल,१ पोका नुन,एक लिटर तेल वितरण गरिएको स्थानीय समाजसेवी रामजी चौधरीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि वडा नं.७ का वडा अध्यक्ष राजन भट्ट, बहुउद्धेश्यीय सामुदायिक विकास सेवा निर्देशक मोहन चौलागाई,चितवन बत्तिस मिसन सोसाईटीका सल्लाहाकार संजय गुरुङले राहत हस्तान्तरण गरेका थिए । सो अबसरमा वडा अध्यक्ष भट्टले चार्ड पर्व नजिकिदै गर्दा आएको राहतले खास अर्थ राख्ने भन्दै सहयोग गर्ने संस्थालाई धन्यवाद व्यक्त गरेका थिए ।
चाडपर्वलाई लक्षित गरी रत्ननगरका बाढी पीडितलाई राहात वितरण
0
Share.