play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

माडीमा जारि दोस्रो तिहारकप फुटबल प्रतियोगितामा आज २ खेल सम्पन्न

0

अशोज २२, माडीमा जारि सर्वा्धिक धनराशिको फुटवल प्रतियोगिता दोस्रो तिहारकप फुटबल प्रतियोगितामा आज पनी २ खेल सम्पन्न भएका छन् आज सम्पन्न भएको पहिलो खेलमा आयोजक साइड नेपाल बसन्तपुर बिलाइ १-० गोल अन्तरले पराजित गर्दै बड्स नेपाल बघौडा बिजयी भएको छ निकै रोमान्चक भएको खेलमा दुवै टिमले गोल गर्ने सुन्दर मौकालाइ खेर फालेका थिए त्यस्तै आजै भएको दोस्रो खेलमा डाइनामिक युवा क्लब दिवानगरले चैनपुर फुटबल क्लबलाइ ३-२ गोल अन्तरले पराजित गरेको छ ।
यस्तै भोलि पनि २ वटा खेल हुनेछन भोलि हुने पहिलो खेलमा दिउसो २ बजे Fc स्वाउलिबासले दियो क्लब राधापुरको सामना गर्दा भोलि दिउसो ४ बजे हुने दोस्रो खेलमा एडभेन्चर नेपालले स्टार स्पोर्ट्स क्लब ए बरुवाको सामना गर्ने छ साईड नेपाल वसन्तपुरको आयोजनामा सुरु भएको खेलमा माडीभरिका २६ टिमको सहभागिता रहेको छ । विकाश, अनुशासन र गतिशिलता भन्ने मुल नाराका साथ सुरु भएको फुटवल प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ सहित आर्कषक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २७ हजार ७ सय ७७ सहित आर्कषक ट्रफी प्राप्त गर्नेछ । त्यसवाहेक उत्कृष्ट खेलाडी, म्यान अफ द सिरिज,उत्कष्ट डिफ़ेण्डर,सर्वा्धिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक,उत्कष्ट मिल्डफिल्डर,उत्कृष्ट टिम म्यानेजर लगायतलाई सम्मान गरिने आयोजक कमिटीका खेल संयोजक रामु क्षेत्रीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply