असोज २१,
भारतीय प्रहरीले यही असोज १५ गते पक्राउ गरेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ का देवनारायण यादव र उहाँका छोरा अजयलाई साधारण तारेखमा छाडिएको छ ।
आज दिउँसो वीरपुरस्थित अनुमण्डलीय न्यायालयका सहायक न्यायाधीश अभिशेक रञ्जनको एकल इजलाशले दुबै जनालाई साधारण तारेखमा रिहा गरेको हो ।
भारतको सुनौलीबाट पक्राउ परेका छोरा अजयलाई छुटाउन सुनौली गएका बेला देवनारायणलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेपछि आइतबार बिहान बुवा देवनारायणले छोरालाई रिहा गराउन गएको बेला कुनौली थानाका इन्चार्ज दरोगा उमेश यादवसँग देवनारायणको चर्काचर्की र गाली गलौज नै परेपछि भारतीय प्रहरीले देवनारायणसमेतलाई पक्राउ र्गयो । भारतको सुपौल जिल्ला अन्तर्गत कुनौली थानाले पक्राउ गरेका देवनारायणलाई वीरपुर थानाले अपहरणको मुद्दा चलाएको थियो ।
सीमा रक्षाका अगुवा सप्तरीका देवनारायण यादव भारतीय अदालतद्वारा रिहा
0
Share.