play_circle_outline On Air

गृह बाटिका

play_circle_outline On Air

गृह बाटिका

एमालेले गर्यो वाम एकताको सहमति अनुमोदन

0

असोज २१,
नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालसँगको चुनावी तालमेल र एकताको सहमतिलाई सर्वसम्मतरुपमा अनुमोदन गरेको छ ।
यही असोज १७ गते एमाले र ती दुई दलबीच भएको सहमतिलाई वाम एकताको सन्दर्भमा ऐतिहासिक घटना भएको भन्दै बैठकले त्यसको कार्यान्वयनमा दृढताका साथ लाग्ने निर्णय गरेको छ ।
बैठकपछि पार्टीका सचिव प्रदीप ज्ञवालीले आफूहरुको गठबन्धनबाट कुनै पनि शक्ति तर्सनु नपर्ने र वाम एकतालाई अधिनायकवाद वा सर्वसत्तावादको आरोप लगाउन पनि नहुने बताउनुभयो । उहाँले आफूहरु सरकार फेर्ने भन्दा पनि मंसिरको निर्वाचन गराउन केन्द्रित हुने स्पष्ट पार्नुभयो ।

Share.

Leave A Reply