अशोज २१ । पुजा बचत तथा ऋण सहकारी संस्था रत्ननगर १ को सातौं बार्षिक साधारण सभा शनिवार गरिएको छ । रत्ननगर नगरपालिकाका मेयर नारायण वन प्रमुअ अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष सदानन्द उपाध्यायले भावि कार्ययोजना,सचिव बुद्धिप्रसाद देवकोटाले प्रगति प्रतिवेदन तथा लेखा समिति संयोजक राजेन्द्र लम्सालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा मेयर वनले कृषि उत्पादनमा ऋण लगानी गर्न सहकारीलाई आग्रह गरे । शेयर सदस्यहरुलाई धनी बनाउने तर्फ ध्यान केन्द्रित गर्न सहकारीलाई आग्रह गर्दैै मेयर वनले त्यसका लागि आर्थिक उपार्जनलाई प्राथमिकता दिनुपर्ने बताए ।
कार्यक्रममा उत्कृष्ट बचत कर्ताको रुपमा संस्थाका अध्यक्ष सदानन्द उपाध्याय,असह ऋणीको रुपमा दुर्गा आलेलाई पुरस्कृत तथा संस्थाको संस्थागत विकासमा योगदान गर्ने ऋषिराम वाग्ले,राजेन्द्र लम्साल,बुद्धिप्रसाद देवकोटा र उत्कृष्ट कर्मचारीको रुपमा आरती लामा र सम्झौता अर्याललाई सम्मान गरिएको संस्थाका व्यवस्थापक सुरज लौडारीले जानकारी दिए । संस्थाका अध्यक्ष सदानन्द उपाध्यायको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी शिवकान्त पौडेल,अडिटर्स देबीप्रसाद डल्लाकोटी,डिएसपी बासुदेब खतिवडा,संस्थाका उपाध्यक्ष पशुपति उपाध्याय लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम शिक्षा उपसमिति संयोजक रामचन्द्र दुवाडीले सञ्चालन गरेका थिए ।
पुजा बचत तथा ऋण सहकारी संस्थाको सातौं बार्षिक साधारण सभा आज सम्पन्न
0
Share.