असोज २१ । स्पेन आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । विश्वकपका लागि युरोपियन क्षेत्रको छनौट अन्तर्गत शुक्रबार राति भएको खेलमा अल्बानियालाई ३–० ले हराउँदै समूह ‘जी’ को शीर्ष स्थानमा रहेको स्पनेले रुस विश्वकपका लागि स्थान पक्का गरेको हो ।
समूह ‘जी’ अन्तर्गत राति नै भएको देलमा मेसेडोनियासँग १–१ को बराबरीमा रोकिएको इटालीले भने विश्वकपमा स्थान बनाउनका लागि प्ले–अफ खेल्नु पर्ने भएको छ । अर्को खेलमा इजरायलले लिचेस्टाइनलाई १–० ले हरायो ।
यस्तै
समूह ‘डी’ अन्तर्गत गए राति भएको खेलमा जर्जियालाई १–० ले हराएर वेल्सले प्ले–अफ बिना नै विश्वकपमा छनौट हुने सम्भावना कायम राखेको छ । अर्को खेलमा रिपब्लिक अफ आयरल्याण्डले माल्डोभालाई २–० ले हराएर विश्वकपमा छनौट हुने सम्भावना कायमै राखेको छ । राति भएका अरु खेलमा समूह ‘आई’ मा रहेको आइसल्याण्डले टर्कीलाई ३–० ले हराएर विश्वकपमा छनौट हुने सम्भावना बलियो बनाएको छ । यस्तै युक्रेनले कोसोभोलाई २–० ले हरायो भने क्रोएसिया र फिनल्याण्डले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
स्पेन आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट
0
Share.