play_circle_outline On Air

गृह बाटिका

play_circle_outline On Air

गृह बाटिका

नेपाल–भारत सीमा नियमन र सीमा सुरक्षा प्रमुख एजेन्डा

0

असोज २१ – नेपाल–भारत ‘प्रबुद्ध व्यक्ति समूह’ (ईपीजी) को पाँचौं बैठक काठमाडौंमा बस्दैछ । आज र भोलि दुई दिनसम्म चल्ने बैठकमा नेपाल–भारत सीमा नियमन र सीमा सुरक्षा प्रमुख एजेन्डा बनाउँदै भारतीय पक्षले सीमा नियमनबारे आफ्नो धारणा राख्ने तयारी छ ।साथै नेपाल र भारतबीच रहेका सानाठूला विभिन्न ७० चेक पोइन्ट (नाका) नियमन गर्ने विषयमा केन्द्रित प्रस्तुति गर्ने तयारीमा भारतीय पक्षले जनाएको छ ।यो बैठकले दुईपक्षीय विविध विषयमा छलफल गर्ने नेपाली टोलीका संयोजक डा. भेखबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार सीमा सुरक्षासँगै डुबानको विषय पनि बैठकमा उठ्नेछ ।छलफलका बुँदाहरूमा हतियार खरिद गर्दा भारतलाई सोध्नुपर्ने, आफ्ना नागरिकलाई उस्तै सुविधा, सुरक्षा अधिकारीको सहकार्यलगायत रहेका छन् । बैठकमा भागलिन भारतीय टोली हिजै काठमाडौं आईपुगेको छ ।

Share.

Leave A Reply