play_circle_outline On Air

जान्नु भए भन्नु

play_circle_outline On Air

जान्नु भए भन्नु

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे चितवन क्षेत्र नं.१ बाट प्रनिनिधि सभा निर्वाचनको लागि चुनाव लड्ने

0

अशोज १८, चितवन क्षेत्र नं.१ बाट प्रनिनिधि सभा निर्वाचनको लागि एमालेबाट सुरेन्द्र पाण्डेको नाम सिफारिस गरिएको छ । पूर्वी चितवनको वीरेन्द्रनगरमा आज सम्पन्न पार्टीको क्षेत्रीय कमिटी बैठकले मंसिरमा हुने निर्वाचनका लागि पाण्डेको एक मात्र नाम जिल्लामा सिफारिस गरेको हो । क्षेत्रीय समितिले एक मात्र नाम सिफारिस गरेकाले क्षेत्र नं.१ बाट प्रतिनिधि सभा निर्वाचनका लागि पाण्डेको उम्मेदवारी पक्का भएको छ । चितवन क्षेत्र नं.१ का साँसद समेत रहेका पाण्डे पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थ मन्त्री समेत हुन । बैठकले चितवन क्षेत्र नं.१ प्रदेश सभा निर्वाचन १ को लागि दावा लामा र कृष्ण पन्तको नाम सिफारिस गरिएको छ । यता क्षेत्र नं.१ प्रदेश सभा निर्वाचन दुईको लागि विहीवार नै पार्टीका जिल्ला ईन्चार्ज कृष्ण खनालको नाम सर्बसम्मत चयन गरिएको थियो । आगामी मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुदैछ । स्थानीय तहमा क्षेत्रीय समितिले उम्मेदवारहरुको नाम जिल्लामा सिफारिस गर्ने र जिल्लाले टुङग्याउन नसके प्रदेश कमिटीले टुङग्याउने प्राबधान रहेको छ ।

Share.

Leave A Reply