अशोज १६, दुर्लभ एकसिंगे गैँडा मारेर खाग बिक्री गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले दोषी ठहर गरेको एक व्यक्ति १५ वर्षपछि आज पक्राउ परेको छ ।गैँडा मुद्दामा दोषी ठहर भई १२ वर्ष कैद सजाय तोकिएका नवलपरासी गैँडाकोट १२ घर भएका भगना दराईलाई आज निकुञ्जको विशेष टोलीले पक्राउ गरेको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।पन्ध्र वर्षअघि दोषी ठहर भई खोजीको सूचीमा रहेका दराईलाई निकुञ्जले निगरानी गर्दै आएको थियो । दशैँ मान्न घर आएका बेला उनलाई घरैबाट पक्राउ गरिएको उहाँले बताउनुभयो ।
उनीसँगै कैद तोकिएका केही व्यक्ति कैद भुक्तान गरेर छुटिसक्दासमेत दराई भारतमा लुकीछिपी बस्दै आएका थिए । दशैँमा घर आएको सूचना पाएपछि टोली पठाएर उनलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ ।निकुञ्जले गएको आवमा विभिन्न घटनामा संलग्न रहेको आरोपमा ५५५ जनालाई पक्राउ गरेको थियो ।
चितवनमा गैँडा मारेको आरोपका दोषी १५ वर्षपछि पक्राउ
0
Share.