play_circle_outline On Air

गृह बाटिका

play_circle_outline On Air

गृह बाटिका

राष्ट्रपति विद्यादेवी भण्डारीले दसैँको टीका लगाइदिदै

0

असोज १४– राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट महानुभावदेखि सर्वसाधारणसम्मलाई दसैँको टीका लगाइदिने हुनुभएको छ ।राष्ट्रपति भण्डारीले शितल निवासमा आज दिउँसो २ बजेदेखि दशैंको टीका लगाइदिने कार्यक्रम छ । उपप्रधानमन्त्री, मन्त्री, सांसद लगायत विशिष्ट महानुभावलाई २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने समय छुट्याइएको शितल निवासले जनाएको छ ।तीन बजे पछिको समय भने सर्वसाधारणलाई टीका लगाइदिनका लागि छुट्याइएको छ । टीकाको दिन शीतलनिवासको एक नम्बर गेट खुल्ला रहने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।राष्ट्रपति भण्डारीले महाअष्टमीको दिन शक्तिपीठहरुको दर्शन गर्नुभएको थियो । राष्ट्र प्रमुखले दसैँको टीका लगाइदिने र शक्तिपीठहरुको दर्शन गर्ने प्रचलन छ ।

Share.

Leave A Reply