असोज १३ – चीनले आफ्नो भूभागमा सञ्चालनमा रहेका उत्तर कोरियाका कम्पनी बन्द गर्ने भएको छ ।परमाणु अस्त्र विकास गरेको भन्दै चीनले उत्तर कोरियाली कम्पनीहरु आगामी जनवरीभित्रै बन्द गर्ने जनाएको हो । चीनको वाणिज्य मन्त्रालयले चीन र उत्तर कोरियाले संयुक्त रुपमा सञ्चालन गरेका कम्पनीहरुसमेत बन्द गरिने बताएको छ ।चीनको यो निर्णयका कारण उत्तर कोरियालाई थप आर्थिक संकट आइलाग्ने बताइएको छ । यसअघि चीनले उत्तर कोरियाबाट गरिने कोइला, समुद्री खानेकुरा र कपडालगायतका सामान आयातमा प्रतिबन्ध लगाएको थियो भने तेल आयातमा पनि कटौती गरेको थियो ।यसबाट पनि उत्तर कोरियालाई ठूलो आर्थिक कठिनाई उत्पन्न भएको बताइएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को सेप्टेम्बर ११ मा बसेको बैठकले उत्तर कोरियाले गरेको छैठौं र सबभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षणका लागि सर्वसम्मतिका साथ थप प्रतिबन्धहरु लगाएको थियो ।
चीनले उत्तर कोरियाली कम्पनी बन्द गर्ने
0
Share.