असोज ११ । बाराको कलैया नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजेश राय यादव विजयी भएका छन् ।आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका यादवले १०९०३ मत प्राप्त गरी विजयी भएका हुन् । उपमेयरमा पनि नेपाली कांग्रेसकै रहिमा खातुन विजयी भइन । उनले १०५३८ मत प्राप्त गरिन ।योसँगै असोज २ गते भएको प्रदेश नम्बर २ का १३६ स्थानीय तहमध्ये १३४ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको हो ।घोषित परिणाममा नेपाली कांग्रेस ४० स्थान जितेर प्रदेश नम्बर दुईमा पहिलो स्थानमा रहेको छ ।त्यसपछि संघीय समाजवादी फोरम २५, राष्ट्रिय जनता पार्टी २४ र नेकपा माओवादी केन्द्र २१ स्थानीय तहमा विजयी भएका छन् ।त्यसैगरी नेकपा एमाले १८, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् ।अब जम्मा दुई स्थानीय तहको मात्र अन्तिम परिणाम आउन बाँकी छ । परिणाम आउन बाँकी स्थानमा पर्साको वीरगन्ज महानगरपालिका र सप्तरीको राजविराज नगरपालिका छन् ।ती स्थानमा मतगणना भइरहेको छ । वीरगन्ज महानगरपालिकामा संघीय समाजवादी फोरमले अग्रता कायमै राखेको छ ।
प्रदेश नम्बर २ स्थानीय निर्वाचनको १३४ तहको मतपरिणाम सार्वजनिक,
0
Share.