असोज १०,
निर्वाचन सम्पन्न भएको प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमध्ये अब ३ स्थानिय तहकको मात्रै नतिजा आउन बाँकी छ ।
मतगणना भैरहेका तीनवटा स्थानीय तहमध्ये नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरमले समान एक – एक तहमा अग्रता लिएका छन् । अब ३ स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी छ । आठ जिल्लामध्ये सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । सप्तरीको राजबिराज नगरपालिका, बारा जिल्लाको कलैया उपमहानगरपालिका र पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकामा मतगणना कार्य जारी छ ।
केहिबेर अघि सार्वजनिक बाराको बारागढी गाउँपालिको अन्तिम नतिजा अनुसार त्यहाँ नेपाली कांग्रसका देवदत्त बछार थारु २६१८ मतका साथ अध्यक्ष पदमा विजयी हुनु भएको छ । सो गाउँपालिकाको उपाध्यक्षमा भने संघिय समाजवादी फोरमकी लक्ष्मी देवी राय २५८० मतका साथ विजयी हुनुभएको छ ।
यस्तै वीरगञ्ज महानगरमा संघिय समाजवादी फोरमको अग्रता रहेको छ भने कलैया उपमहानगरपालिकामा एमालेको अग्रता छ । राजविराज नगरपालिकाको मेयरमा माओवादी केन्द्र अगाडी रहेको छ ।
यसैबीच, ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये अहिलेसम्म एक सय ३३ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।
प्राप्त विवरण अनुसार नेपाली काँग्रेस ३९, नेकपा एमाले १८, नेकपा माओवादी केन्द्र २१, राष्ट्रिय जनता पार्टी नेपाल २४, संघीय समाजवादी फोरम नेपाल २५, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार एक स्थानमा विजयी भएका छन् ।
२ नं प्रदेशः अब ३ तहकको मात्रै नतिजा आउन बाँकी
0
Share.