play_circle_outline On Air

गृह बाटिका

play_circle_outline On Air

गृह बाटिका

चितवनलाई संघको निर्वाचनमा तीन र प्रदेशसभाको निर्वाचनमा ६ क्षेत्रमा विभाजन

0

अशोज ९ , चितवनलाई संघको निर्वाचनमा तीन र प्रदेशको निर्वाचनमा ६ क्षेत्रमा विभाजन गरिएको छ । यसअघि चितवन– ५ क्षेत्रमा विभाजित थियो । जिल्लाको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका क्षेत्र नं– १ मा पर्दछ । जसको राप्ती नगरपालिका र खैरहनी नगरपालिकाका वडा नं. ३,६, ७, ८, ९, १० र ११ क प्रदेशमा प्रदेशमा पर्दछ भने खैरहनीका बाँकी वडा र रत्ननगर नगरपालिका ‘ख’ प्रदेशमा प्रर्दछ ।कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका– वडा नं १ देखि ७ सम्म १०, ११, १२ र २९ वडा क्षेत्र नं. २ मा पर्दछन् । यस क्षेत्रको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको वडा नं १, ३ र २९ क प्रदेशमा पर्दछ भने भरतपुर महानगरपालिकाको २, ४, ५, ७, १०, ११, १२ ‘ख’ प्रदेशमा पर्दछ ।क्षेत्र नं ३ मा भरतपुर महानगरपालिकाका बाँकी वडा र माडी नगरपालिका प्रर्दछ । भरतपुर महानगरपालिका–६, ८, ९, १५ देखि २० सम्म, २६, २७, २८ ‘क’ प्रदेशमा र भरतपुर महानगरपालिकाका बाँकी वडा र माडी नगर पालिका ‘ख’ प्रदेशमा पर्दछन् ।दोस्रोचरणको निर्वाचनमा परेको चितवनमा कात्तिक १६ गते मनोनयन दर्ता गरिँदै छ ।

Share.

Leave A Reply