play_circle_outline On Air

गृह बाटिका

play_circle_outline On Air

गृह बाटिका

बडा दशैंको पाँचौं दिनः आज देवी स्कन्दमाताको पूजा गरिदैं

0

असोज ९ – बडादशैंको पाँचौ दिन आजपनि स्कन्दमाता भगवतीको पूजा अर्चना गर्न देशभरका दुर्गा देवीको मन्दिरमा घुइँचो लागेको छ ।भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । दशैंको ९ दिनसम्म हरेक दिन छुट्टाछुट्टै देवीको पूजा गर्ने चलनअनुसार आज श्वेतवर्णकी स्कन्दमाताको पूजा गरिदैँछ ।नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ ।दुर्गादेवीले आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजाआराधना गर्ने शास्त्रीय नियम छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र पाठ गरिन्छ ।

Share.

Leave A Reply